लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

होमल्याण्ड खबर

२०७८ बैशाख १९ गते, आईतवार ०९:५६ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेल विहान ९ बजे प्रदेश प्रमुख सामू राजीनामा बुझाएका हुन् ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुँदै थियो । मुख्यमन्त्री विरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूचि थियो ।

लुम्बिनी प्रदेश सभा सचिवालयमा बैशाख ६ गते ४१ जना सासंदको हस्ताक्षर सहित अबिश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यही प्रस्तावमा छलफल गर्ने गरी आज दिउसो १ बजे बिशेष अधिवेशन बोलाईएको हो ।

बैठक सुरू हुनु अघि नै उनले राजिनामा दिएका हुन । लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमत छ । ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेले अबको सरकारको नेतृत्वका लागि उनै पोखरेललाई अघि सार्नेछ ।

पोखरेलले अविश्वास प्रस्तावको सामना गर्नुभन्दा नयाँ सरकार गठन गरेर विश्वासको मत लिने तयारी गरेका हुन् ।