५ मंसिर २०८१, बुधबार
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैशाख २७ गते बस्ने बैठकमा सहभागी हुन प्रतिनिधि सभाका सदस्यहरुलाई अनुरोध गरेको छ ।
संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी सूचना जारी गर्दै बैशाख २७ गते १ बजे बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।
उक्त सूचनामा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत लिन चाहेकाले सोही प्रयोजनका लागि राष्ट्पति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम आह्वान गरेको बैठकमा उपस्थित हुन सांसदहरुलाई सूचित गराइएको छ ।