रसिया ऐतिहासिक जितसँगै क्वाटरफाइनलमा

होमल्याण्ड खबर

२०७५ असार १८ गते, सोमबार ०५:५७ मा प्रकाशित

आयोजक रसिया ऐतिहासिक जितसहित विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रसियाले पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पहिलो पटक पुगेको हो ।

पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशेभले गोल गरे ।

स्पेनका लागि आन्ड्रेस इनिएस्टा, जेरार्ड पिके र कप्तान सर्जियो रामोसले मात्रै गोल गरे । भने कोक र इयगो अस्पासले प्रहार गरेको बल भने गोलकिपरले बचाउन सफल भए ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दुबै टिमले निर्धारित ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेका थिए । दुबै टिमले थप गरिएको ३० मिनेटमा पनि गोल गर्न सकेनन् । स्पेनले एकपछि अर्को आक्रमक खेल खेलेपनि गोल गर्न भने चुके ।

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न सकेनन् । स्पेनले एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।
मस्कोस्थित लुजनिकी रंगशालामा खेलको १२औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो । स्पेनले प्रहार गरेको बल रसियाका इग्नाशेभिकले रोक्ने क्रममा गोल हुन पुगेको थियो ।खेलको ४२औं मिनेटमा स्पेनका जेरार्ड पिकेले हातले बल छोएपछि । रसियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रसियाका आर्टिम ज्युबाले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका हुन् । स्पेनले सुरुवाती समयदेखि नै रसियामाथि दबाब बनाई रहेको छ । पहिलो हाफको अन्तिम समयमा स्पेनले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।

आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुग्दा स्पेनभने अन्तिम १६ देखि नै बाहिरिएको छ ।