५ मंसिर २०८१, बुधबार
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा आज मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार भोलि बुधबार पार्टीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
प्रधानमन्त्री ओलीले भने आगामी २७ गते संसदबाट विश्वासको मत लिने बताइसकेका छन् ।