विपक्षी दलहरूले देवकोटालाई दिए टिकट

होमल्याण्ड खबर

२०७८ बैशाख २२ गते, बुधबार १६:१४ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रले वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उप–निर्वाचनमा खिमलाल देवकोटालाई साझा उमेदवार बनाउने भएका छन् ।

बुधबार देवकोटालाई उमेदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिए ।

एमालेले गृहमन्त्री रामबहादुर थापालाई नै उमेदवार बनाउने तयारी गरेको छ । औपचारिक निर्णय भने गरिसकेको छैन ।

थापा एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा रिक्त भएको पदमा आउँदो जेठ ६ गते उपनिर्वाचन हुन लागेको छ ।