प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

होमल्याण्ड खबर

२०७८ बैशाख २४ गते, शुक्रबार १७:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्य नियुक्तिको विषयमा छलफल गर्न परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार विहान ९ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागीता नजनाउने पक्का भएको छ ।

हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन्। त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन्। समावेशी आयोगले पनि पूर्णता पाउन सकेको छैन् ।