देउवा र सभामुख बिनै संवैधानिक परिषदकाे बैठक सुरु

होमल्याण्ड खबर

२०७८ बैशाख २६ गते, आईतवार ११:२५ मा प्रकाशित

संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको सहभागीता बिनै परिषदको बैठक सुरु भएको हो ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ । परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भइसकेको छ ।

हाल लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी रिक्त रहेका छन् । लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त रहेकाक छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् ।

संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।