५ मंसिर २०८१, बुधबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि पनि वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, पोखरेलले राजीनामा दिएर पुनः एकल बहुमतको सरकार गठन गरेका थिए ।