मलाई मत दिए प्रतिनिधिसभा विघटन हुँदैन : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७८ बैशाख २७ गते, सोमबार १६:५९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्दै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् ।

उनले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताए । ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ र आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने ’ ओलीले भने, ‘भीरको टाउकाबाट हामफाल्ने अनि गुरुत्वाकर्णलाई दोष लगाउने’ भाषा एउटा व्यवहार अर्को गर्न नहुने भन्दै उनले संसदको स्थायित्व बचाउन पनि चेतावनी दिए ।