५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकाे विशेष अधिबेशनमा संसद समक्ष मागेकाे विश्वासकाे मत प्राप्त गर्न बहुमतले असफल भएका छन् ।
प्रधानमन्त्रीले आफूलाई संविधानको धारा १०० बमोजिम संसदको विश्वास छ भनी राखेको प्रस्तावमा संसदबाट बहुमतले अस्वीकृत भएको छ ।
प्रधानमन्त्रीको प्रस्तावको पक्षमा जम्मा ९३ मत मात्रै प्राप्त भयो ।
सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित थिए । त्यसमध्ये विपक्षमा १२४ र तटस्थमा १५ मत परेको छ । यो सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् ।
अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्ने छ ।