१३ मंसिर २०८१, बिहीबार
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल, मट्टितेल र अन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो । सबैमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोल १२३, डिजेल र मट्टीतेल १०६ रुपैयाँ मूल्य कायम गरिएको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ ।
निगमले इण्डियन आयाल कर्पोरेशनले मे १६ मा पठाएको मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको बताएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य वृद्धि गरिएको जानकारी दिए ।
निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाई उडानका लागि प्रयोग हुने इन्धनको मूल्य भने यथावत राखेको छ ।