नारायणकाजी श्रेष्ठ चिकित्सकको टोलीसहित गोरखा हिँडे

होमल्याण्ड खबर

२०७८ जेष्ठ ३ गते, सोमबार १५:२४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू केही दिनका लागि आज गृहजिल्ला गोरखा गएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत चिकित्सक ,ल्याब टेक्निसिएन र अन्य केही स्वयमसेवक साथीहरु टोलीसहित आफू गोरखा गएको जानकारी गराएका छन् ।

केहीदिन अघि गोरखा गएर कोरोना संक्रमणको अवस्था रोकथाम ,नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर आएका थिए ।

गोरखाको बिभिन्न ठाँउहरुमा अहिले पनि कोभिड संक्रमण अझ बिस्तार भैरहेको र कोभिड हट स्पट बन्दै गैरहेको भन्दै उनी चिकित्सक टोलीसहित गोरखा गएका हुन् ।

आफ्नो टोलीले गोरखामा रहँदा केही लक्षण देखापरेका शंकास्पद रहेका र  कोभिड बिरामीसँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन र पीसीआरको परीक्षण गराउने व्यस्था गर्ने बताए ।

यस्तै आवश्यक परामर्श एव्ं तत्काल सम्भव भएका औषधी ,स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने बताए ।

साथै प्रवक्ता श्रेष्ठले स्थानाीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोरोना नियन्त्रण तथा रोकथामका विषयमा छलफल गर्ने जानकारी गराए ।