ओली नेतृत्वको सरकारमा सहभागी नहुने जसपाको निर्णय

होमल्याण्ड खबर

२०७८ जेष्ठ ४ गते, मंगलवार १४:४६ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) तत्काल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।

आज पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारी गराएका हुन् ।

उनीहरुले राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था आएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने बताएका छन् ।

पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्ने ,पार्टी तथा नेताहरुकाबारे अनेकौ भ्रम फैलाउने र पार्टी विभाजन गर्नमा भूमिका खेल्न खोज्ने क्रियाकलाप बन्द गरी पार्टीलाई एकताबद्ध राख्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।