प्रधानमन्त्रीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी
होमल्याण्ड खबर
२०७८ जेष्ठ ६ गते, बिहीबार १२:५३ मा प्रकाशित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो ।
“निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ ३ र ५ र दफा ९६० विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,” बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।