जसपा संसदीय दलको बैठक बस्दै, बैठकमा उपेन्द्र पक्ष सहभागी नहुने

होमल्याण्ड खबर

२०७८ जेष्ठ ७ गते, शुक्रबार ११:०१ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक केहिबेर पछि बस्दैछ।

दलका नेता राजेन्द्र महतोले विहान ११ बजेका लागि बोलाएको बैठक केहिबेर पछि सिंहदरबार स्थित दलको कार्यालयमा बस्न लागेको हो। बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष भने उपस्थित नहुने भएको छ।

उपेन्द्र- बाबुराम पक्षले राजेन्द्र महतोलाइ दलको नेता अस्विकार गर्दै आएका कारण बैठकमा सहभागी नहुने जनाएको हो।

राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको अवधि दिएको सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको महतोले बताए ।