देउवा निवासमा विपक्षी गठबन्धनको बैठक शुरु, माधव नेपाल पनि पुगे

होमल्याण्ड खबर

२०७८ जेष्ठ ७ गते, शुक्रबार १२:१८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रवार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि समय दिएपछी विपक्षी दलहरु आपसी छलफलमा जुटेका छन्। अहिले नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षीदलहरुको बैठक शुरु भएको छ।

कांग्रेस पदाधिकारी बैठक लगत्तै सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न लागेका हुन् ।

विपक्षी गठबन्धनका नेताहरु देउवा निवास बुढानिलकण्ठ पुगिसकेका छन। राष्ट्रपतिले दिएको समयअघि नै सबै विकल्पका बारेमा छलफल गरि निष्कर्षमा पुग्ने निर्णय कांग्रेसले यसअघि गरेको छ ।

वैकल्पिक सरकारको दावी , राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल हुने बैठकमा सहभागी एक नेताले बताए।