५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटन भए कसैले आफूलाई दोष नदिन बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई प्रधानमन्त्रीमा समर्थन नगरे संसद विघटनको दोष दिन नपाउने बताएका हुन् ।
‘सैद्धान्तिक रुपमा मसँग १२१ सांसद छन्, यसले बहुमतको सरकार बनाउन पुग्दैन्, त्यसमाथि मेरै दलका २७ जना सांसदहरूले पार्टीको टाउकोमा बञ्चरो प्रहार गर्न सक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अवस्थामा पुनः संसद विघटन हुन सक्छ, त्यसैले मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सहयोग गर्नुस् ।’
ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने बताए । उनले आफूलाई सहयोग नगरे पुनः संसद विघटन हुने संकेत गर्दैै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सबै दल मिलेर राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् । सम्मेलनमा बोल्दै उनले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले देशलाई चुनाव लैजान नचाहेको बताउँदै आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउने आग्रह गरेका हुन् । यसबाहेक उनले प्रमुख प्रतिपक्षी दलहरू मिलेर वैकल्पिक सरकार बनाए रचनात्मक भूमिका खेल्नेसमेत बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । यसको तीव्र विरोधका बीच सर्वोच्च अदालतले गत फागुन ११ गते संसद पुनर्स्थापन गरेको थियो ।