होमल्याण्ड खबर
२०७८ जेष्ठ ७ गते, शुक्रबार १६:३७ मा प्रकाशित
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । उनले हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाएका हुन् ।
देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका सांसदको साथ रहेको छ । हस्ताक्षर गर्नेहरुमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको १७ र बाँकी एमालेका माधव नेपाल समूहका सांसदहरु रहेका छन् । नेपाल समूहका २२ सांसदको हस्ताक्षर रहेको छ । उनीहरु प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् ।
जसपाका ३२ संसद रहेकामा १५ सांसदको हस्ताक्षर छैन । तर, महन्थ ठाकुर समूहले हस्ताक्षरमाथि प्रश्न उठाउने बुझिएको छ ।