गगन थापाले भने, राष्ट्रपतिलाई अन्तिम पटक सुध्रिने माैका छ

होमल्याण्ड खबर

२०७८ जेष्ठ ७ गते, शुक्रबार २०:५८ मा प्रकाशित

नेपालकाे संविधानकाे धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाकाे दाबी परेपछि नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई अन्तिम पटक सुध्रिने माैका रहेका बताएका छन् ।

राष्ट्रपतिले जहिले पनि जालझेल गर्दै आएकाे भन्दै उनले विश्वासकाे मत पाउन नसकेका प्रधानमन्त्रीलाई फेरी प्रधानमन्त्रीमा नियुक्त गरेर आफूलाई फेरी विवादमा नल्याउन सुझाव दिए ।

१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने।अब फेरी जालझेल!यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिर बाट खस्ने लाई राम राम