५ मंसिर २०८१, बुधबार
मध्यरातमा षडयन्त्र पुर्बक गरिएको प्रतिनिधि सभा विघटन लाई फेरि अर्को प्रतिगमन भएको भन्दै नेपाल विद्यार्थी संघले त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रधानमन्त्री के.पि.ओली को मतियार बन्दै राष्ट्रपतिले आफ्नो विवेक गुमाएपछि फेरि देश र हाम्रो लामो बलिदान तथा संघर्ष बाट प्राप्त उपलब्धि बर्वादीतर्फ धकेलिएको बताएको छ ।
नेबिसंघका महामन्त्री बलदेव तिमल्सिना ले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर ओली रबैयाको रबर स्ट्याम्प बनेकी विद्या देवी भण्डारीले फेरिपनि राष्ट्रपति पद र प्रतिष्ठाको मजाक उडाएकि बताए । महामन्त्री तिमल्सिनाले काेभिड-१९ को माहामारीको आतंक फैलिरहेको विषम परिस्थतिमा जनताप्रति उत्तरदायी हुनुपर्नेमा रातारात प्रतिनिधी सभा विघटन गर्ने राष्ट्रपती र प्रधानमन्त्रीको प्रतिगामी कदम अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक छ भन्दै बेमौसमी चुनावको बखेडा ल्याएर संविधान मास्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्ने प्रपन्चमा लागेका ओलीको मतियार बनेर दासत्व स्विकार्ने मन्त्रीपरिषद र राष्ट्रपती इतिहासकै सबैभन्दा विवेकहीन र नालायक भएको बताएका छन् ।
महामन्त्री तिमल्सिनाले आह्वान गर्दै भनेका छन्: “संविधानको अपहरण गर्दै लोकतन्त्रको हत्या गर्ने निरंकुश र प्रतिगामी तानाशाहरुलाई हामिले बिगतमा झै निश्चय नै पराजित गर्ने नै छौं,
फेरि एकपटक प्रतिगमनका बिरुद्ध शसक्त संघर्ष गर्नेपर्ने अवस्था शृजना भएको छ,यसर्थ हाम्रो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संबर्धन संगै जनताको जीवन रक्षाको निम्ति फेरि एकपटक संगठित हुन सम्पुर्ण युबा विद्यार्थी साथीहरू र सबै लोकतन्त्रबादीहरुमा हार्दिक अपिल गर्न चाहन्छु ।”