१० श्रावण २०८३, आईतवार
नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समुह नयाँ पार्टी खोल्ने तयारीमा जुटेको छ । निरन्तर एमालेभित्र अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीबाट कर्नरमा पारिँदै आएको, अनेक वाहनामा कारबाहीको डन्डा वर्साएर हिडन थालेको र असम्वैधानिक रुपमा प्रतिगमनकारी बाटोमा मात्र हिड्न चाहेकोले ओली प्रवृत्तिसंग अव सँगै रहन नसक्ने करिव निश्कर्षमा नेपाल समुह पुगेको हो ।
नेपाल समुहका नेताहरुले हिजो जुममार्फत बैठक गरेर अव के गर्ने भन्नेमा छलफल गरेका थिए । ‘हाम्रो समुह छोडेर ओली प्रवृतिसँग आत्मसमर्पण गर्नेले गरिरह्ुन तर हामीले विद्रोहको झण्डा बोक्न छोडनुहुन्न भन्ने करिव निश्कर्ष छ,’ नेपाल समुहका एक स्थायी समिति सदस्यले भने, “अब हामी नयाँ पार्टी बनाउने र ओली प्रवृतिसँग जुधेर मुकाविला गर्ने तयारीमा पुगेका छौं ।”


शनिवार मात्र पनि ओलीले पार्टी स्थायी समिति बैठक राखेर वरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल, भीम रावल ,मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाक्रीलगायतका ११ जना सांसदहरुमाथी स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोमबारसम्म उनीहरुलाई स्पष्टिकरण बुझाउन निर्देशन गरिएको छ । पार्टीकै अध्यक्षको नेतृत्वमा रहेको सरकार गिराउन जो सँग प्रतिस्पर्धा गर्नुपर्ने हो, उसैसँग बिकेर कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन नेपाल समुह लागेको एमालेको ओली पक्षले ठहर गरेपछि नेताहरुमाथी स्पष्टीकरण सोधिएको थियो ।
नेपाल पक्षले भने ओली एकपछि अर्को असम्वैधानिक बाटोमा लागेको र प्राप्त उपलब्धीलाई पनि ध्वस्त पार्ने बाटोमा मात्र रहेकोले आफुहरुले त्यसको राजनैतिक भण्डाफोरलाई जारी राख्ने निर्णय लिएको नेपाल पक्षका ति नेताले बताए ।
उनले भने,“पार्टी अब करिब एउटै नरहने अवस्था बन्यो, त्यसका लागि अव आवश्यक तयारी गदै अगाडी बढ्ने भन्ने भएको छ ।” प्रधानमन्त्री ओलीले संविधान को धारा ७६ (३) अनुसारको आफ्नो नेतृत्वको सरकारले विश्वासको मत लिन नसक्ने र २७ वैशाखमा सदनमा विश्वासको मत लिन जाँदा जुन अवस्था थियो, त्यसमा कुनै अन्तर नरहेकोले विश्वासको मत नलिई सिधै धारा ७६ (५) अनुसार सरकार गठनका लागि राष्ट्रपतिलाई मन्त्री परिषद्को वैठकवाट सिफारिस गर्ने काम गरेका थिए । त्यसपछि नै नेपाल समुह ओलीसँग अब नसकिने निश्कर्षमा पुगेको हो ।