विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च जाने भएपछी अदालतको सुरक्षा ब्यबस्था कडा पारियो

होमल्याण्ड खबर

२०७८ जेष्ठ ९ गते, आईतवार १३:४९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध विपक्षी गठबन्धनका नेताहरु रिट दर्ताका लागि सर्वोच्च जाने भएपछि त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवाद केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्न केहिवेर पछि जाने तयारी गरिरहेका छन् ।