राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

होमल्याण्ड खबर

२०७८ जेष्ठ ९ गते, आईतवार १८:३२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।