५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पर्ने र संसद पुनस्र्थापना गर्न माग गर्दै १४६ जना सांसदहरूको हस्ताक्षरसहित विपक्षी गठबन्धन सर्वोच्च अदालतमा पुगेका छन् । गठबन्धनले आफ्ना दुई वटा माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको हो । त्यसका लागि नेताहरू अदालत पुगेका हुन् ।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै विपक्षी गठबन्धनका नेताहरू विरोधमा उत्रिँदै आएका थिए ।
विपक्षी गठबन्धनले आफ्नो रिटमा तीन वटा माग राखेका छन् ।
१, संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज ।
२, संसद अधिवेशनको मिति तोक्नु पर्ने । ३, संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।