५ मंसिर २०८१, बुधबार
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेसँगै सबै रिट संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका हुन् ।
३० वटा निवेदनमध्ये जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर सुनुवाइ हुनेछ । रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् ।