भेरी अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न देउवाको माग

होमल्याण्ड खबर

२०७८ जेष्ठ १४ गते, शुक्रबार १०:०५ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले हामारीका बेला ठूलो जोखिम लिएर दिनरात खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहिबार उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको थियो । ति मृतकका आफ्न्तले सोही दिन राति चिकित्सक र स्वास्थ्यकर्मीमाथि वार्डमै गएर आक्रमण गर्नेको तत्काल खोजि गरी कडा कारवाही गर्न माग सामाजिक सञ्जालमार्फत माग गरेका हुन् ।

“नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो।यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।” उनले लेखेका छन् ।