५ मंसिर २०८१, बुधबार
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधीसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागि संबैधानिक इजलास गठन गरिएको हो ।
न्यायाधीशहरु दीपक कुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना न्यायाधीश हुन्छन् ।
प्रधान न्यायाधीशले आफु सहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ । प्रतिनिधीसभा विघटन बिरुद्ध परेको रिटमा शुक्रवारबाट संबैधानिक इजलासमा सुनुवाई हुँदै छ ।