५ मंसिर २०८१, बुधबार
त्रिभुवन बिश्व बिद्यालयले अफ्ठ्यारोमा परेका बेला विद्यार्थी लाई थप पिडा दिएको भन्दै नेपाल विद्यार्थी संघले खेद व्यक्त गरेको छ।नेबिसंघका अध्यक्ष राजिब ढुंगानाले आज एक विज्ञप्ति मार्फत महामारीको संकट,त्यसले उब्जाएको मानसिक तनाब र परिक्षाको चिन्ताले ठुलो समस्या रहेका विद्यार्थीहरु माथी त्रिभुवन विश्वविद्यालयको थप पीडा थप्ने नियत देखिएको बताएका छन् ।
संकटको समयमा परीक्षा जस्तो संवेदनशील बिषयमा जिम्मेवार र गम्भीर बन्न, परीक्षा फाराम भर्ने तालिका र बिधिमा समेत आवश्यक परिमार्जन गरि यस विषम परिस्थिति अनुसार ब्यावहारिक र विद्यार्थीहरुलाई सहज बनाउन अध्यक्ष ढुंगानाले त्रि.वि.संग माग गरेका छन् ।
संघका महामन्त्री बलदेव तिमल्सिनाले Covid-19 को यो महामारी को समयमा पनि विद्यार्थी संग दोब्बर दस्तुर उठाउनुमा बिश्वबिद्यालयको कुन नियतले काम गरिरहेको छ भन्दै आक्रोश ब्यक्त गरेका छन् ।
महामन्त्री तिमल्सिनाले बिश्व बिद्यालयको यो विद्यार्थी माथीको गम्भीर शोषण हो भन्दै महामारीमा विद्यार्थी संग असुली होइन नि:शुल्क फाराम भराउने ब्यबस्थाका निम्ति त्रिभुवन विश्व विद्यालय लगाएत सबै विश्व विद्यालय को ध्यानाकर्षण गम्भीर गराएका छन् ।