५ मंसिर २०८१, बुधबार
प्रतिनिधि सभा विघटन सम्बन्धि रिटको सुनुवाइका क्रममा बिबाद भएपछी संबैधानिक इजलास आइतबार सम्मका लागि स्थगित भएको छ।
नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भन्दै अधिवक्ता गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको हो।
संवैधानिक इजलासमा रिट निवेदक पक्षका कानुन ब्यबसायी र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि आइतबारसम्मका लागि संबैधानिक इजलास स्थगित भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बिषयमा प्रश्न नउठाउन पटकपटक आग्रह गरेका थिए। तर बिबाद साम्य नभएपछी इजलास स्थगित भएको हो।