५ मंसिर २०८१, बुधबार
मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।
प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।