५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरुसँग छलफल गरिरहेका छन् ।
सरकारमा सहभागी हुने तयारी गरेका ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन् । जसपाले सरकारमा जाने तयारी गरेपछि आज मन्त्रालय बाँडफाँडको तयारी गरिएको स्रोतले जानकारी दियो ।