५ मंसिर २०८१, बुधबार
नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजेका लागि बैठक बोलाइएको छ । यसअघि आइतबार स्थगित गरि सोमबारका लागि बोलाइएको बैठक पनि तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
आजको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १२ जना निवर्तमान सांसदलाई कारबाही गर्ने सम्भावना रहेको छ ।
स्पष्टीकरण सोधिएकाहरुबाट कुनै जवाफ नआएकाले एमालेले उनीहरुलाई कारबाही गर्न लागेको हो ।
उनीहरुलाई प्रधानमन्त्री पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति समपक्ष पेश गरेको दाबी तथा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेकोले स्पष्टिकरण सोधिएको थियो ।
देउवालाई प्रधानमन्त्री बनाउने दाबी पत्रमा एमालेको माधव नेपाल पक्षका २६ जनाले हस्ताक्षर गरेका थिए । जसमध्ये जेठ ८ गतेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।