वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति

होमल्याण्ड खबर

२०७८ जेष्ठ १८ गते, मंगलवार १२:१७ मा प्रकाशित

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।

यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि यस्तो निर्णय भएको थियो ।

श्रेष्ठले बैठकपछि जानकारी दिँदै केहीदिनभित्र न्याय परिषद् बैठक बसेर निर्णय गरिने बताए ।  सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।