विवेकशील साझाका पुर्व अध्यक्ष उज्वल थापाकाे निधन

होमल्याण्ड खबर

२०७८ जेष्ठ १८ गते, मंगलवार १७:२५ मा प्रकाशित

कोरोना संक्रमणबाट विवेकशील साझा दलका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडासिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार निधन भएको अस्पतालले जनाएको छ ।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष समेत हुन् । नेपालमा बैकल्पिक दलको खाँचो छ र त्यसलाई यूवाहरुदले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै उनले विवेकशील नेपाली दल स्थापना गरेका थिए ।

उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो । थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साभझा पार्टीबीच ०७४ मा एकीकरण भइ विवेकशील साझा पार्टी बनेको थियो ।

७ पुस २०७५ मा विवेकशील साँझा विभाजन गर्दै थापाले विवेकशील नेपाली दल ब्युताए । त्यसपछि थापले पार्टीको नेतृत्व मिलन पाण्डेलाई हस्तान्तरण गरेका थिए । ७७ मंसिर २४ गते मिश्र र पाण्डे नेतृत्वको पार्टी मिलेर फेरि विवेकशील साँझा पार्टी बनेको छ । थापा विवेकशील साँझा पार्टीको शीर्ष नेताका रुपमा रहेका थिए ।