एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

होमल्याण्ड खबर

२०७८ जेष्ठ २१ गते, शुक्रबार १९:०१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् ।