विष्णु पौडेल र रघुवीर महासेठ पनि उपप्रधानमन्त्री बन्दै

होमल्याण्ड खबर

२०७८ जेष्ठ २१ गते, शुक्रबार १९:०६ मा प्रकाशित

जसपाका राजेन्द्र महतोसँगै अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र अर्का एमाले नेता रघुवीर महासेठ पनि उपप्रधानमन्त्री बन्ने भएका छन् । जसपा नेता महतो उपप्रधानमन्त्री भएपछि मधेसमा आफ्नो पार्टीलाई बलियो बनाउनका लागि महासेठलाई पनि उपप्रधानमन्त्री बनाउन लागिएको प्रधानमन्त्री स्रोतको दाबी छ ।

यसअघि ओली मन्त्रीपरिषद्मा महासेठ पत्नी जुली महतो मन्त्री थिइन् । स्थायी कमिटी सदस्य महासेठलाई उपप्रधानमन्त्री बनाउने भएपछि पार्टी उपमहासचिव अर्थमन्त्री विष्णु पौडेललाई पनि उपप्रधानमन्त्री बनाउने तयारी रहेको ती स्रोतको भनाई छ ।
त्यस्तै केही मन्त्रीहरू पनि हेरफेर गरिन लागेका छन् ।