प्रधानमन्त्री ओलीले बनाएर १७ सदस्यीय मन्त्रिमण्डल (सूचीसहित)

होमल्याण्ड खबर

२०७८ जेष्ठ २१ गते, शुक्रबार २०:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनःगठन गरी १७ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । शुक्रबार उनले यसअघि एमालेबाट सरकार सहभागी चार जनाबाहेक अन्य मन्त्रीलाई पदमुक्त गरी जनता समाजवादी पार्टी (जसपा)का नेतालाई समेटेर मन्त्रिमण्डल पुनःगठन गरेका हुन् ।

पुनःगठित मन्त्रिमण्डलमा उनले ३ उपप्रधानमन्त्री, ११ मन्त्री र २ राज्यमन्त्री छन् । नवनियुक्त मन्त्रिले अहिले साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्काे कार्यविभाजन यस्ताे छः

क्र.स नाम कार्य विभाजन
१. केपी शर्मा ओली प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
२. विष्णु पौडेल उपप्रधान, अर्थ
३. राजेन्द्र महतो उपप्रधान, शहरी विकास
४. रघुवीर महासेठ उपप्रधान, परराष्ट्र
५. शेरबहादुर तामाङ स्वास्थ्य
६. कृष्णगोपाल श्रेष्ठ शिक्षा
७. बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात
८. लीलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला
९. शरतसिंह भण्डारी ऊर्जा, जलस्राेत तथा सिंचाइ
१०. अनिल झा खानेपानी तथा सरसफाइ
११. विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१२. उमाशंकर अरगरिया वन तथा वातावरण
१३. लक्ष्मणलाल कर्ण भूमि व्यवस्था
१४. चन्दा चौधरी महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
१५. एकवाल मियाँ युवा तथा खेलकुद
१६. चन्द्रकान्त चौधरी ऊर्जा, जलस्राेत तथा सिंचाइ (राज्यमन्त्री)
१७. रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक (राज्यमन्त्री)