२८ फाल्गुन २०८२, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तीन उपप्रधानमन्त्रीसहित नवयिनुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । पद तथा गोपनियताको सपथ लिएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० जना मन्त्री भएका छन् । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी भएका हुन् ।
महतो भने उपप्रधान एवम् शहरी विकासमन्त्री भएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छन रघुवीर महासेठलाई पनि उपप्रधानसहित परराष्ट्र मन्त्री बनाईएको छ । एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् ।


प्रधानमन्त्री ओलीले यसअघिका चार मन्त्रीहरुलाई यथावत राखेका छन् । यथावत रहेका मन्त्रीहरुमा अर्थमन्त्री पौडेलसहित शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङ छन् ।