२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
सो समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न भर्चुअल बैठक बोलाइएको हो ।


‘ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्नेछौं’, नेता युवाराज ज्ञावालीले भने ।
प्रधानमन्त्री ओलीले आइतबार बेलुका विज्ञप्तीमार्फत ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको जनाउँदै उनले त्यसको लागि केही शर्त पनि अघि सारेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त उनले अघि सारेका छन् ।