प्रधानन्यायाधीश विरामी परेपछि संवैधानिक इजलास स्थगित

होमल्याण्ड खबर

२०७८ जेष्ठ २४ गते, सोमबार ११:१४ मा प्रकाशित

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ । शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ आज स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण आज संवैधानिक इजलास गठन हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।