२८ फाल्गुन २०८२, बिहीबार
बदलिँदो राजनीतिक परिस्थितिकाबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार बिहान ११ः२५ बजेदेखि यी दुई नेताबीच भेटवार्ता भएको हो।
नेता नेपाललाई भेट्न दाहाल उनको निवास पुगेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले ७५ जेठ २ अघिको अवस्थामा फर्कन सहमत भएको तर त्यसका लागि संसद विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै दायर रिटबाट माधव समूहले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन्।

