नागरिकता अध्यादेश विरुद्धको रिटमा सुनुवाइ हुँदै

होमल्याण्ड खबर

२०७८ जेष्ठ २७ गते, बिहीबार १०:३५ मा प्रकाशित

सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटहरुमाथि बिहीवार संबैधानिक ईजलाशमा सुनुवाइ हुदैछ।

सरकारले जसपाको महन्त ठाकुर पक्षसंग भएको सम्झौता अनुसार हालैमात्र सो अध्यादेश ल्याएको थियो। अध्यादेशको चौतर्फी बिरोध भैरहेको छ।

त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ। यसअघि नागरिकता अध्यादेश सम्बन्धी रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडा सहितको संवैधानिक इजलास गठन भएको थियो।

यसअघि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। दुवै पक्षलाई सर्वोच्चले बिहिवार छलफलका लागि बोलाएको हो।