२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । उनले प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै वैद्यले माफी मागेका हुन् ।
शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए । संविधानमा व्यवस्था भए अनुसार आफूले आफ्नो अभिव्यक्ति दिएको र पार्टीको निर्देशन अनुसार आफूले आत्मालोचना गरेको उनको भनाइ छ ।

