होमल्याण्ड खबर
२०७८ असार ३ गते, बिहीबार २१:२९ मा प्रकाशित
जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।
जसपाले यसअघि उनीहरुलाई ७ दिने स्पष्टीकरण सोधेको थियो । पाटीबाट निष्काशन हुनेहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरत्सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकवाल मियाँ , महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ रहेका छन् ।