२८ फाल्गुन २०८२, बिहीबार
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचन आयोग पुगेका छन् । पार्टीमा देखिएको विवादसँगै उनीहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका हुन् ।
आयोगमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूसमेत पुगेका छन् ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेका हुन् ।


हिजो बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेसँगै उनीहरू आज आयोग पुगेका हुन् ।
उता अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आगामी असार २२ गतेपछि राष्ट्रिय जनता पार्टी (राजपा) ब्यूँताउने तयारी गरेको छ । पार्टीमा आफूहरू अल्पमतमा परेसँगै उनीहरूले पुरानो पार्टी ब्यूँताउने तयारी गरेको हो ।