गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

होमल्याण्ड खबर

२०७८ असार ४ गते, शुक्रबार १६:३१ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश आजको बैठकमा ५८ जना सांसद सहभागी भएका थिए । जसमा उनले ३१ सांसदको मत पाएका हुन् ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले आज विश्वासको मत लिएका हुन् । नेकपा एमालेका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासकाे मत नपाएर पदबाट बाहिरिएसँगै गठबन्धन पक्षबाट पोखरेल मुख्यमन्त्री बनेको थिए ।

मुख्यमन्त्री बन्नका लागि पोखरेललाई आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले साथ दिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेको पनि उनले आज विश्वासको मत लिएका थिए ।