कांग्रेस, कम्युनिष्ट र समाजवादी पार्टीलाई रुपान्तरण गरौंः बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०७८ असार ६ गते, आईतवार ११:५९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले देशको संकटको प्रमुख कारण राजनीति दल र नेतृत्वको स्खलन भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले टाउकाको ओखती नाइटामा लगाएर नभएजस्तै एकतातिरको समस्याको समाधान अर्कोतिर खोजेर नहुँदे जिकिर गरे ।

समयले कसैलाई नपर्खने बताउँदै डा. भट्टराईले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण गर्ने तथा नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् ।