२८ फाल्गुन २०८२, बिहीबार
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बिहीबार (आज) पनि बहस सुरु भएको छ ।
विपक्षीको लिखित जवाफ प्राप्त गरेपछि हिजोेदेखि सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु भएको हो । बुधवार ५ वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए ।


उक्त बहसलाई आज पनि निरन्तरता दिन लागेको सर्वोच्च प्रशासनले जनाएको छ ।
निवेदकका तर्फबाट १५ घण्टा र विपक्षीको तर्फबाट १५ घण्टा बहस गरिनेछ कार्यसूची तय गरिएको छ । त्यसपछि ४ जना एमीकस क्यूरीले बहस सुरु गर्नेछन् ।
हिजो करिब चार घन्टा बहस भएकाले अब ११ घन्टा बहस हुनेछ ।