२८ फाल्गुन २०८२, बिहीबार
संवैधानिक सुनुवाइविना नै विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त भएका छन् । नेपालको संविधानमा संवैधानिक निकायहरूमा नियुक्ति अघि संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था भए पनि सिफारिस भएको ४५ दिनसम्म पनि सुनुवाइ हुन नसकेमा सम्बन्धित नियमावलीमा उनीहरूलाई नियुक्त गर्न सकिने व्यवस्था छ ।
सोही व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले ४५ दिनअघि विभिन्न संवैधानिक निकायमा सिफारिस भएकालाई बिहीबार नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट थाहा भएको छ ।संविधानको धारा दुई सय ९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्त हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने उल्लेख गरिएको छ ।


राष्ट्रपतिको कार्यालयबाट थाहा भएअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपीनराज निरौला चयन हुनुभएको छ ।राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे, सावित्रीकुमारी शर्मा र सुन्दर पुर्कोटी नियुक्त हुनुभएको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमिल्सेना र सदस्यहरूमा पुष्पराज तिमिल्सिना तथा मानप्रसाद खत्री नियुक्त भएको बताइएको छ । नेपाल समाचारपत्र दैनिकबाट