२८ फाल्गुन २०८२, बिहीबार
महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिले राति, दिउँसो वा साँझ जुनसुकै बेला निर्णय गर्न सक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिरक्षामा बहस गरेका महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् ।


संविधानसभाले समेत राति राति काम गरेको उनको भनाइ छ ।
यस्तै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबी गर्दे निवेदन लिएर राष्ट्रपति कार्यालय जानुअघि नै उक्त निवेदन मिडियामा कसरी आयो ? ,उनले प्रश्न गरेका छन्।
मिडियामा आएका समाचारपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केही सांसदले अन्य दललाई समर्थन गरेको थाहा पाएको बताए । उनले यसरी एउटा दलका सासंदले त्यसरी अन्य दललाई समर्थन गर्न नमिल्ने उनको तर्क छ ।